पोखरा । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन ९४२।१९५० किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६औँ संस्करणको समेत विजेता हुन् । अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए…