काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो । आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय…