काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १०…