कास्की । लकडाउन जारी रहँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाले किसानसँग ५०० मुरी कोदो किनेर जोहो गरेको छ । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिन ११ वडाबाट ती कोदो सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको तत्कालको समस्याभन्दा पनि दीर्घकालीन खाद्य सङ्कटलाई ध्यान दिएर लामो समयसम्म नबिग्रने कोदो किसानबाट खरिद गरेका हौं ।”…