काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभएको छ । उपाध्यक्ष ढकालले मध्यकालिन र दीर्घकालिन योजनासहित उद्योग प्रतिष्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेटमार्फत आउनुपर्ने बताउनुभएको हो । ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिष्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै…