काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजिनामापत्र बुझाएका छन् । राजीनामा बुझाउनुअघि खतिवडाले अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा खतिवडाले सामुहिक फोटो समेत खिचाएका छन् । त्यसक्रममा मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन्…