काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् । व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुवै लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् । खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको…