काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको चर्को नारावाजी र रोष्टम घेराउका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । एमालेको नारावाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । यससँगे २०७८/०७९ को बजेट पारित भएको छ ।…