सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताए । उनले भने, “मुगु…