काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर कानूनी प्रक्रियाअनुसार नै परिवर्तन गरिएको दाबी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरे । शर्माले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरेको बताए । शर्माले दर परिवर्तनमा…