काठमाडौं । नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ…