काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा गरेको भाडावृद्धिको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध गरेको छ । संघले बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी लिमिटेडको यस्तो निर्णय नमान्ने जनाएको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, ०७१ अनुसार भाडावृद्धिको मापदण्ड बनाएर ५–५ वर्षमा वृद्धि गर्नुपर्नेछ । तर नियम…