३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

वडाले जग्गा लिजमा लिएर किसानलाई दिने, कृषि उत्पादनको बजारिकण पनि वडाले गरिदिने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ । छ महिनासम्म खाना नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा लिजमा दिने भएको हो । वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर…