काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजार अनुगमनलाई तिब्रता दिन निर्देशन गरेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । ‘राजश्व छलि नियन्त्रणसम्बन्धि जति पनि नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने उल्लेख…