ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो…