काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन् । उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति हामीले…