बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् । बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवलबाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त बनेको…