नेपालगन्ज । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा संचालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उदघाटन गरे । उदघाटन कार्यक्रमलाई समबोधन गर्दै सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास…