काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमै गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाले पहिलो…