भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए…