बुटवल । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । निर्धारित समयभन्दा एक दिन पछि मात्र प्रदेश सरकारले रोक्का गरेको बजेट फुकुवा गरेपछि एकदिन ढिला प्रतियोगिता शुरु भएको हो…