काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७।२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो । नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए…