काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले विचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका…