काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्टलाई काम गर्न पाटन उच्च अदालतले रोक लगाएको छ । बोर्डका सीईओ भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मुख्यन्यायाधीस नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न मंगलबार आदेश जारी…