काठमाडौं । आन्दोलनरत उखु किसानहरुले उखुको भुक्तानी नपाएसम्म घर नफर्किने स्पष्ट पारेका छन् । सरकारले वार्ताका लागि बोलाएको पत्रको जवाफ दिँदै किसानहरुले भुक्तानी नपाएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् । उनीहरुले सरकारी कोषबाट आफ्नो रकम भुक्तानी गरिदिने या उद्योगीहरुबाट रकम असुल गराइदिनुपर्ने दुई बुँदे शर्त अघि सारेका छन् । सरकारी कोषबाट आफुहरुको बाँकी बक्यौता…