नेपालगन्ज । महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०७९ सुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गरिन् । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । महिला उद्यमीलाई बजारीकरणमा…