देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवर्द्धन तथा आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ इन्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव, २०२५ सुरू भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भारतको उत्तराखण्ड प्रदेश सरकारको संयुक्त आयोजनामा सुरू महोत्सवको आज साँझ उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरे । सात दिनसम्म चल्ने महोत्सवमा नेपाली व्यवसायीका…