१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ७ को क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मजदुरीका लागि अछाम गएका उनी लगाएत १६ जना मंगलबार साँझ ६ दिन पैदल हिँडेर बर्दिया आएका थिए । गुलरिया नगरपालिका–९ गोडियनपुर बस्ने उनी मंगलबार साँझ ८ बजे बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईन बसेका थिए । राती सुतेका उनी विहान उठाउँदा नउठेको उनका साथीहरुले बताएका छन् । विहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका उनलाई ६ बजे स्वास्थ्यकर्मीले चेकजाँच गरी मृत्यु भएको पुष्टि गरेको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उनी सँगै आएका १२ जनालाई बबई बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा र ४ जनालाई कृष्णसार प्रावि खैरीको क्वारेन्टाईनमा राखिएको छ ।

उनको शव जिल्ला अस्पताल ल्याइ स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ । के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनी बसेको बबई क्याम्पसको क्वारेन्टाइनमा २९ जना रहेका छन् ।

हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म बर्दियाबाट स्वाव टेष्टका लागि पठाईएका मध्येमा ६ जना कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ५४ बजे

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा

बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

नेपालगन्ज । बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

पाल्पा । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी