१ बैशाख २०८२, सोमबार | April 14, 2025

नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “ओरिफ्लेम मिस युनिभर्स नेपाल-२०२२” को कार्यशाला बुटवलमा सम्पन्न



बुटवल । नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२” मा सहभागिताका लागि बुटवलमा शनिबार अभिमूखिकरण सम्पन्न भएको छ । मिस यूनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष उपस्थितीमा अभिमूखिकरण भएको हो ।

मुलुकका विभिन्न ७ शहरमा कार्यशाला गर्ने अभियान अन्तरगत बुटवलमा २ दर्जन बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिस यूनिभर्स नेपाल (एमयूएन) मा सहभागिता जनाउँदा प्राप्त गर्न सकिने अवसर, प्रतियोगितामा सहभागिताका लागि आवश्यक योग्यता तथा व्यक्तित्व बिकास सम्बन्धि अभिमूखिकरण गरिएको थियो । यही मे ५ देखि आबेदन खुला गरिएको एमयूएन-२०२२ का लागि काठमाडौंसहित बुटवल, पोखरा, चितवनको भरतपुर, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा कार्यशाला सञ्चालन गरिएको निर्देशक श्रेष्ठले जानकारी गराइन ।

उमङ्ग क्रियसन प्रालिको आयोजनामा जारी कार्यशालामा मिस यूनिभर्स नेपाल २०२१ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक स्मिथ तामाङले सहजिकरण गरेका छन् ।

जुन ३० सम्म आवेदन खुला गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार राशीसहित एउटा स्कुटर तथा विभिन्न गिफ्टह्याम्पर उपहार स्वरुप पाउने छन् भने संस्थासँग आवद्ध भएर १ वर्षसम्म काम गर्ने अवसर समेत प्राप्त गर्ने छन् । विजेताले २०२३ मा हुने मिस यूनिभर्समा नेपालको तर्फबाट सहभागी हुने अवसर समेत प्राप्त गर्ने छ । मिस यूनिभर्स २०१७ को विजेता समेत रहेकी कार्यक्रमका निर्देशक श्रेष्ठले यो सिजनमा तेस्रो लिङ्गी महिला तथा एनआरएन युवतिहरुले समेत सहभागिता जनाउन पाउने उल्लेख गरिन् ।

आयोजक संस्था उमङ्ग क्रिएसनका निर्देशक उद्धव अधिकारीका अनुसार प्रतियोगसतामा सहभागिता जनाउने चाहनेहरुले हजार रुपैया शुल्क तिरेर आवेदन दिन पाउने छन् । मिस यूनिभर्स नेपालको आधिकारिक एप ‘एप्पल एप डाउनलोड गरि आवेदन दर्ता गर्न सकिने उनले बताए । मुलुकभरबाट २ दर्जन बढीले खुला आवेदन दर्ता गरिसकेको प्रतियोगितामा उल्लेख्य मात्रामा सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । गत वर्षको प्रतियोगितामा कोरोना महामारीका कारण २ सय बढी प्रतियोगि सहभागी भएकोमा यो वर्ष उक्त संख्या थप बढ्ने अपेक्षा गरिएको हो । त्यसअघिको वर्ष २०२० मा ५ सय बढीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विभिन्न चरणमा करिब ४ महिना सञ्चालन हुने प्रतियोगितामा अन्ति ५० जना क्वाटर फाइनलमा प्रवेश गर्ने छन् भने अन्तिम २० जनाले ग्राण्ड फिनालीमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताले २०२३ मा हुने मिस यूनिभर्सलको ७१ औं संस्करणमा ताज पहिरन सक्ने सक्षम लेडी छनोट गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : २२ बजे

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

आईपीएल : दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो ब्रेक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल माथि मुम्बई

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप

एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित

काठमाडौं । स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा