२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

किसानलाई बीउबिजनको समस्या



दाङ । दाङका किसानलाई खेतीपाती गर्ने समय शुरु भएसँगै मल, बीउ र औषधिको अभाव देखिएको छ । अहिले धान खेतीका लागि बीउ र कीटनाशक औषधिको अभाव रहेको एग्रोभेटका सञ्चालकले बताउने गरेका छन् ।

भर्खरै लगाइएको मकै बालीमा अमेरिकी फौजी कीराले नष्ट गर्न थालेपछि किसानहरु औषधिको खोजी गर्न थालेका छन् । मगाइएका बीउ तथा औषधि समयमा आइनपुगेकाले किसानलाई समस्या परेको सिद्धार्थ एग्री सेन्टरका सञ्चालक एकनारायण पौडेलले बताउनुभयो । अहिले फौजी कीरा नियन्त्रण गर्नका लागि औषधिको माग बढिरहेको उहाँको भनाइ छ । कतिपय बीउ तथा औषधि अहिले कोरोनाको संक्रमणका कारण देश बाहिरबाट ल्याउनुपर्दा धेरै समय लाग्ने गरेको उहाँको भनाइ छ ।

घोराहीकै आरसी एग्रोभेटका सञ्चालक रवीन्द्र चौधरी पनि लकडाउनले गर्दा समस्या परेको बताउनुहुन्छ । मगाइएको बीउबिजन र कीटनाशक औषधि समयमा नआउने समस्या रहेको उहाँले बताउनुभयो ।

कृषकले खोजेअनुसारको बीउ उपलब्ध हुन नसक्दा फर्केर समेत जाने गरेको उहाँले बताउनुभयो । सामान ल्याउन नसक्दा एग्रोसेन्टर आउने सेवाग्राही किसानलाई फर्काउनुपर्ने अवस्था आएको चौधरीले बताउनुभयो । लकडाउनका कारण ढुवानीका लागि गाडी नपाउँदा समस्या भएको उहाँको भनाइ छ ।

सवारी साधनबाट जोखिम मोलेर ल्याउनुपर्दा ढुवानी पनि महँंगो पर्ने गरेको सिद्धार्थ एग्री सेन्टरका पौडेल बताउनुहुन्छ । पहिले रु २२/२३ हजार ढुवानी खर्च तिर्ने गरेकामा अहिले ७०/७५ हजार तिर्नुपरेको उहाँको भनाइ छ । पहिले एक बाकस ढुवानी गर्दा  ७० देखि ८० लाग्ने गरेकामा अहिले १५० भन्दा बढी तिर्नुपरेको पनि उहाँले जानकारी दिनुभयो ।

लकडाउनका कारण जिल्लामा करेसा तथा कौसी खेती गर्नेहरु बढेको एग्रोभेट बताउँछन् । अहिले निर्वाहमुखी खेती गर्नेको संख्य पनि वृद्धि भएको छ । बन्दाबन्दीले सबै फुर्सदिला भएका कारण थोरै ठाउँमा खेती गर्नेहरु बढेको उनीहरुको भनाइ छ ।

करेसाबारीमा खेती गर्ने गरी बीउ किन्न आउनेहरुको संख्या बढेको आरसी एग्रोभेटका सञ्चालक चौधरीले बताउनुभयो । “बोडी, भिन्डी, सिमी, करेलाका बीउ बढी लग्ने गरेका छन्, त्यो पनि करेसाबारीमा लगाउने भनेर थोरै परिमाणमा किन्ने गरेका छन् तर व्यावसायिकरुपमा खेती गर्ने कृषकहरु भने यो पटक थोरै देखिएका छन्”, उहाँले भन्नुभयो ।

लकडाउनको कारण बीउ किन्न आउने कृषक पनि समस्यामा परेका छन् । एग्रोभेट खुले पनि बजारसम्म आउन समस्या हुने गरेको उनीहरु बताउँछन् । “गाउँबाट बजारसम्म जान पनि समस्या छ, मोटरसाइकलसम्म पनि लैजान दिइँदैन, बजार कसरी जानू”, घोराही –६ का कृषक भरत चौधरीले भन्नुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : ४६ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका