भारतको सत्तारुढ दल बीजेपीका दुई वरिष्ठ नेताले पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै निन्दा गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति प्रकाशित गर्दै भारतीय नेताहरुले पूर्णतया अस्वीकार्य टिप्पणी गरेर पाकिस्तानलाई मात्र होइन विश्वभरका एक अर्ब मुसलमानको भावनामा गहिरो चोट पुर्याएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको – बीजेपीको स्पष्टीकरणको प्रयास, र यी व्यक्तिहरू विरुद्ध ढिलो र अव्यवस्थित अनुशासनात्मक कारबाहीले उनीहरूले मुस्लिम संसारलाई दिएको पीडा र पीडालाई कम गर्न सक्दैन। भारतमा बसोबास गर्ने मुस्लिमहरू पनि बीजेपीका दुई अधिकारीहरूको पूर्ण रूपमा आपत्तिजनक टिप्पणीबाट उत्तिकै आक्रोशित छन्। कानपुर र भारतका अन्य भागहरूमा भएको साम्प्रदायिक हिंसाले यस तथ्यको प्रमाण दिएको छ ।
विज्ञप्तिमा भारतमा मुसलमानविरुद्ध साम्प्रदायिक हिंसा एवं घृणाको राजनीति खतरनाक स्तरमा वृद्धि भएकोमा पनि चिन्ता व्यक्त गरएको छ । पाकिस्तानले भारतमा मुसलमानलाई योजनावद्ध रुपमा कलंकित गर्न खोजिएको आरोप लगाइएको छ । यस काममा राज्यका विभिन्न सुरक्षासंयन्त्र मिलेको पनि पाकिस्तानले जिकिर गरेको छ । कटट्रपन्थी हिन्दु भीडद्वारा योजनावद्ध रुपमा मुलसमान समुदायमाथि आक्रमण भैरहेको पाकिस्तानले जनाएको छ ।
पाकिस्तानले भाजपा शासित राज्यहरुमा राज्यहरूमा अल्पसंख्यकहरूको अधिकारको गम्भीर उल्लङ्घन जारी राखेको जनाएको छ । मुस्लिम विरोधी कानूनहरू र पूर्ण दण्डहीनताका साथ हिन्दुअतिवादी समूहहरूद्वारा अल्प बहानामा मुस्लिमहरू विरुद्ध जारी हिंसाका घटनाहरू केन्द्र सरकारको निर्देशनमा भैरहेको भन्दै पाकिस्तानले यसबाट भारतमा राज्यको संरक्षणमा इस्लामोफोबिया र चरमपन्थको बढ्दो प्रवृत्तिलाई उजागर गरेका जनाएको छ ।
यसअघि कतार र कुवेतले पनि वीजेपीका नेताले पैगम्बर मोहम्मद विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइसकेका छन् ।
भा
प्रतिक्रिया