१२ पुस २०८१, शुक्रबार | December 27, 2024

मुस्ताङका स्थानीय तहले पाए करिब ९४ करोड अनुदान



मुस्ताङ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९४ करोड अनुदान पाएका छन् ।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पूँजीगततर्फ रु १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो ।

घरपझोङ गाउँपालिकाले रु २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले रु २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले रु १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले रु १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले रु १६ करोड ४८ लाख अनुदान पाएका हुन् ।

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ११ : ०९ बजे

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना

उदयपुर । कटारी नगरपालिका-५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा

आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना, चिसो झनै बढ्ने

काठमाडौं । मुलुकका धेरै स्थानमा शुक्रबार साँझदेखि वर्षा र हिमपात

कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल