काठमाडौ । माछापुच्छ्रे बैंकले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टर एवं ग्यालेक्सी स्पेसलिस्ट क्लिनिक (महाराजगञ्ज) मा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टरबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन् ।
त्यसै गरि ग्यालेक्सी स्पेसलिस्ट क्लिनिकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (Except in Specialty Services ) सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया