२३ भदौ २०८१, आइतबार | September 8, 2024

ईद उल फित्रमा नेताहरुको शुभकामनाको ओईरो



बुटवल । ईद उल फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड तथा बिपक्षिदल एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै बिज्ञप्ति मार्फत शुभकामना दिनुभएको छ । उहांहरुले शान्ति, सदभाव र भातृत्व कायम गर्न ईद पर्वले अझै उत्साह प्रदान गरोस् भन्दै बिश्वभरी रहनुभएका नेपाली ईस्लामहरुलाई शुभकामना दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का अध्यक्ष आफ्नो शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताउनुभएको छ ।

उहाँले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनुभएको छ । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’’

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देशमा पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

त्यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नी प्रसाद सापकोटा लगायतले ईद पर्वले आपसी सदभाव र भातृत्वलाई अझै बलियो बनाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

एक महिने ब्रत रमजानका बेला समुदायले वर्षभरी गरेको आम्दानीलाई हिसाव गरि त्यसको २ दशमलव ५ प्रतिशत गरिव र असहायलाई बांड्ने गर्दछन् त्यसलाई समुदायले जकात भन्दछन् । जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ ।

तर यसवर्ष कोरोना कहरका कारण इस्लामहरुले न त ब्रतमा मस्जिदमा गएर नामज पढे न तराबी । आज पनि ईदगाहा मस्जिदमा नगई घरघरमै नमाज पढेर पर्व मनाउन धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ८ : २३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर