बुटवल । स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १ सय ९ पालिकाबाट चार हजार ९३६ जनाको नतिजा आएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्मकाे नतिजामा नेपाली कांग्रेस अग्रस्थानमा रहँदै करिब १९ सय पदमा विजयी हासिल गरेको छ भने एमालेले १६ सय पद जितेको छ । माओवादी केन्द्र ८ सय पदमा विजयी भएको छ ।
स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाअध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य १८ सय ९२ गरी चार हजार ९३६ जना निर्वाचित भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ ।
आयोगका अनुसार नेपाली कांग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडाअध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । याे दलका सबै पद जोड्दा १८ सय ९६ स्थानमा जित हासिल गरेको छ ।
एमालेले प्रमुख आठ, अध्यक्ष १७, उपप्रमुख १३, उपाध्यक्ष २३, वडाअध्यक्ष ३००, महिला सदस्य ३१९, दलित महिला सदस्य ३०९ र खुला सदस्य ६२७ जितेको छ । सो दलले सबै पद जोड्दा १६ सय १६ जितेको छ ।
माओवादी केन्द्रले प्रमुख तीन, अध्यक्ष २२, उपप्रमुख चार, उपाध्यक्ष ११, वडाअध्यक्ष १६९, महिला सदस्य १६०, दलित महिला सदस्य १५७ र खुला सदस्य ३०२ जितेको छ । सो दलको सबै पद जोड्दा ८२८ जित हासिल गरेको छ ।
लुम्बिनीमा जसपा नेपालले प्रमुख एक, अध्यक्ष दुई, उपप्रमुख दुई, उपाध्यक्ष एक, वडाअध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जितेको छ । सो दलको सबै पद जोड्दा १९५ पदमा जित हासिल गरेको छ ।
राप्रपाले प्रमुख एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाअध्यक्ष २१, महिला सदस्य १८, दलित महिला सदस्य २१ र खुला सदस्य ४५ जितेको छ । सो दलको सबै पद जोड्दा १०८ पदमा जित पारेको छ ।
राष्ट्रिय जनमोर्चाले प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाअध्यक्ष १६, महिला सदस्य १९, दलित महिला सदस्य २१ र खुला सदस्य ४० जितेको छ । सो दलको सबै पद जोड्दा १०० पदमा जित हासिल गरेको छ ।
लोसपा नेपालले अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाअध्यक्ष १३, महिला सदस्य १७, दलित महिला सदस्य १६ र खुला सदस्य ३४ जितेको छ । सो दलको सबै पद जोड्दा ८२ जित हासिल गरेको छ ।
जनमत पार्टीले वडाअध्यक्ष पाँच, महिला सदस्य सात, दलित महिला सदस्य पाँच र खुला सदस्य १४ जितेको छ । सो दलको सबै पद जोड्दा ३१ जित हासिल गरेको छ ।
जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष एक, उपाध्यक्ष एक, वडाअध्यक्ष तीन, महिला सदस्य दुई, दलित महिला सदस्य चार र खुला सदस्य ६ जना विजयी भएका छन् । सो दलको सबै पद जोड्दा १७ छ ।
नेकपा (एकीकृत समाजवादी) ले वडाअध्यक्ष चार, महिला सदस्य तीन, दलित महिला सदस्य दुई र खुला सदस्य सात जितेको छ । सो दलको सवै पद जोड्दा १६ जित हासिल गरेको छ ।
बहुजन शक्ति पार्टीले वडाअध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ । सो दलको सबै पद जोड्दा पाँच जित हासिल गरेको छ ।
नेपाल जनता पार्टीले वडाअध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ । सो दलको सवै पद जोडदा पाँच जित हासिल गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले एकजना खुला सदस्य जितेको छ । यस्तै, यो प्रदेशमा स्वतन्त्रबाट वडाअध्यक्ष १२, महिला सदस्य पाँच, दलित महिला सदस्य सात र खुला सदस्य १२ गरी कुल ३६ स्थानमा निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा हालसम्म १०३ वटा स्थानीय तहको नतीजा आएको छ भने बाँकी ६ स्थानको नतीजा आइसकेको छैन ।
प्रतिक्रिया