२८ मंसिर २०८२, आइतबार | December 14, 2025

२५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित (फोटो फिचर)



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका छन् ।

२५ बर्षसम्म एमालेको किल्ला रहेको बुटवल उपमहानगरपालिकामा गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका हुन् ।

पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

मेयरपदमा विजय हासिल गरेसँगै बुटवलमा कांग्रेसको विजय ¥याली निस्केको छ । जित निश्चित भएसँगै पाण्डेले आयोगबाट औपचारी घोषणा नसुनाउँदै ¥यालीमा निस्केका छन् । बुटवल उपमहानगरबाट सुरु भएको ¥याली अमरपथ, बिपीचोक, राममन्दिरलाईन हुँदै फुनः नगरपालिका तर्फ लागेको छ ।

२५ वर्षको एमाले विरासत भत्काएको खुसीमा सयौं कांग्रेस कार्यहर्ताहरु सडकमा ओर्लिएका छन् । ¥यालीकैबीचमा बुटवलको बिपी चोकस्थित बिपी कोईरालाको सालिकमा नव निर्वाचित मेयर पाण्डेले माल्यार्पण पनि गरे ।

¥यालीमा निस्केका पाण्डे सवार गाडीमा कांग्रेस र गठबन्धन समर्थकहरुले घरको बार्दली र झ्यालबाट फुल बर्साएका थिए ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ४ : ४१ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको