२३ भदौ २०८१, आइतबार | September 8, 2024

गण्डकी प्रदेशको प्रदेशसभा भवन साँघुरो भएपछी प्रदेशको बर्खे अधिबेशन पोखरा सभागृहमा आजदेखि सुरु हुदै



पोखरा । गण्डकी प्रदेशसभाले आज (आइतबार) का लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो ।

यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा भवन साँघुरो भएका कारणले आवश्यक सामाजिक दूरी कायम गर्न नसकिने भएपछि सरकारले पहिलो पटक सभागृहमा सदनको छैटौँ अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेशसभामा ६० सदस्य छन् ।

आइतबार दिनको १ः०० बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वानका लागि संसद् सचिवालयमा पठाएको पत्रका बारेमा सभामुख नेत्रनाथ अधिकारीले सदनलाई जानकारी गराउने कार्यसूची छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकअनुसार सदनमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय समाजवादी जनता पार्टीका संसदीय दलका नेताले समसामयिक विषयका साथै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुहुने सभामुख अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार संसद् सचिवालयमा दर्ता भएर प्रक्रिया पुगेको एक विधेयकसमेत बैठकमा टेबल गर्ने तयारी छ । पछिल्लोपटक गत चैत ६ गते बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगन भएको थियो ।

त्यसपछि कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारण अर्को बैठक बस्न नपाउँदै सदनको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

गत वैशाख २३ गते मन्त्रिपरिषद्ले सदनको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अधिवेशन सञ्चालनका लागि सभागृहमा आवश्यक सम्पूर्ण तयारीका काम सम्पन्न भएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि मुख्य सभाहलमा सभामुख कक्ष, सभामुख ड्यास र हलमा ४०० नयाँ कुर्सी जडान गरिसकिएको छ । अधिवेशनका लागि सदनका विभिन्न समितिका कार्यकक्षसमेत तयारी अवस्थामा छन् ।

सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी डेढ मिटरको सामाजिक दूरी कायम गरेर प्रदेशसभा सदस्यको नामसहितको सिट व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो र जीर्ण सभागृह प्रदेशसभा बैठक बस्ने भएपछि अहिले आवश्यक मर्मतसहित मुख्य सभाकक्षलगायतका भवनको रङ्गरोगन गरेर चिटिक्क पारिएको छ ।

हलमा कार्पेटिङ तथा साउण्ड सिस्टम जडान गरिसकिएको छ । अधिवेशन आह्वानलगत्तै सभागृहमा सुरक्षाकर्मी परिचालन गरी विभिन्न छ स्थानमा सुरक्षा कक्ष स्थापना गरिएको छ ।

सरकारले करिब २५ लाख लागतमा सभागृहको मर्मत सम्भार गरेको हो । उपसभामुख सिर्जना शर्माले कोभिड–१९ को पिसिआर परीक्षण रिपोर्टका आधारमा मात्र अधिवेशन हलमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ०५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर