२३ भदौ २०८१, आइतबार | September 8, 2024

भारतका चार शहरमा रहेका १ हजार नेपाली नागरिकलाई स्वदेश फर्काइयो



नयाँदिल्ली । भारतका विभिन्न शहरमा झण्डै ४० दिनदेखि क्वारेन्टिनमा बसेका १ हजारभन्दा धेरै नेपाली नागरिकलाई नेपाल पठाइएको छ ।

दिल्लीमा रहेका प्रवासी युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काको बिशेष पहलमा चारवटा नाकाबाट उनीहरूलाई नेपाल पठाइएको हो ।

भारतीय प्रशासन र नेपालका स्थानीय जनप्रतिनिधिको समन्वयमा अप्ठेरोमा रहेका नेपाली नागरिकलाई स्वदेश पठाइएको प्रवासी नेपाली युवा नेता अखिल भारत नेपाली एकता मञ्चका सचिव आरबी खड्काले बताउनुभयो ।

नेपाल सरकारले पनि भारतलगायत विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न गृहकार्य गरिरहेकाे छ ।

भारतबाट नेपाल पठाइएका नागरिकहरू भारतकै क्वारेन्टाइन अवधि पूरा गरेका हुन् ।

क्वारेन्टाइन अवधि पूरा गरिसकेका नेपालीलाई स्वदेश फिर्ता पठाउनुपर्छ भन्दै आफूहरुले गत मंगलबारदेखि अभियान नै चलाएको खड्काले बताउनुभयो ।

भारतमा रहेका नेपालीको समस्यामा यहाँका सबै संघ संस्था र जनवर्गीय संगठनहरुको एक रहेको उहाँले बताउनुभयो ।

नेपालीलाई स्वदेश फिर्ता अभियानमा सहयोग पुर्याएको भन्दै खड्काले प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक लोकनाथ भण्डारी, सहसंयोजक इश्वरी भण्डारी, नेपाली जनसम्पर्क समिति अध्यक्ष बाल कृष्ण पाण्डे, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्मा, प्रवासी नेपाली संघ भारतका केंद्रीय महासचिब डम्बर रावल, प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य हरिप्रसाद घिमिरे, महाराष्ट्रमा रहेका अखिल भारत नेपाली एकता मञ्च केंद्रीय सचिब मोहन देवकर, केन्द्रीय सचिब गिरधरी सुबेदी, केन्द्रीय सचिब ऐन रावल कर्नाटक र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सदस्य भानु बजगाई, जीवन शर्मा र समाजसेवी दिपक जीसी, बिद्यार्थी नेता अम्बिका जोशी र नेता सुधन महतको सञ्चारकर्मी अर्जुन खनाल, मित्र मञ्च रगुनाथ पाण्डे, नेपाली दूतावास नयाँ दिल्ली लगायत भारतमा रहेका सबै संघ सङ्गठनहरूलाई धन्यवाद दिनुभएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ४५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर