२० चैत्र २०८१, बुधबार | April 2, 2025

मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने



काठमाडौं । पर्यटकको सुविधाका लागि cको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

रुट १ मा एयरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एयरपोर्ट सम्मको हुनेछ ।

त्यस्तै रुट २ मा एयरपोर्ट–होटल र्‍याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टसम्म हुनेछ ।

रुट ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म हुनेछ । सटल बस सेवा बापत प्रति व्यक्ति तीन सय रुपैयाँ शुल्क लाग्नेछ । उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने समेत बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : २३ बजे

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत

सांसद बोहराको निधनप्रति राप्रपाले तीन दिन शोक मनाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान ।

ट्र्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

दशौं डाँफे कप फुटबल : नवज्योति बैजनाथ फाइनलमा

खजुरा । बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल