८ पुस २०८१, सोमबार | December 23, 2024

दुग्धजन्य पदार्थको परिक्षणगर्न गुणस्तरिय प्रयोगशाला माग



बुटवल । रुपन्देहीका दुग्ध व्यवसायीहरुले जिल्लामा गुणस्तरिय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दुधको गुणस्तरको विषयमा पटक पटक विभिन्न निकायमा कुरा उठेको भन्दै उनीहरुले दुधको गुणस्तर कायम राख्न, गुणस्तरिय दुध विक्रि गर्ने सप्लायर्स, सहकारी वा व्यवसायी जो भएपनि कानुनी दायरामा ल्याउन माग गरेका हुन ।

रुपन्देही डेरी व्यवसायी समितिद्धारा बुटवलमा आयोजना गरेको ‘दुध तथा दुग्ध जन्य पाद्धार्थमा शुद्धता हुनुपर्दछ सरोकारवालामा प्रतिवद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस व्यवसायीहरुले गुणस्तरिय दुध र दुग्धजन्य बस्तुको कारोबार गर्न माग गरेका हुन ।

कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीलेपछिल्लो समयमा गुणस्तरीय दुधको नाममा सडकमा, धुलो, धुँवामा सस्तो दरमा दुध विक्रि भैरहेको भन्दै रोक्नको लागि सम्बन्धीत निकाय संग माग गरे । उनले उपभोक्ताले आफुले के कस्तो दुध उपभोग गरिरहेको छ भन्ने विषयमा जानकारी पाउनको लागि गुणस्तरिय आधुनिक प्रयोगशाला स्थापना गर्नुपर्ने माग गरे ।

उनले हाल डेरी व्यवसायीहरुर्लाइ विभिन्न तहबाट विचौलियाको आरोप आउने गरेको भन्दै पछिल्लो समयमा किसानबाट दुध खरिद गर्ने सहकारीहरुले ल्याक्टो, फ्याटको आधारमा दुध खरिद गर्ने र होलसेलमा अन्य व्यवसायीलाई विक्रि गर्ने गरी विचौलियाको काम गरेको समेत बताए । उक्त कार्य रोक्नको लागि स्थानिय तह सम्बन्धीत सरोकारवाला निकायका विचमा ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वाथ्य माहाशाखा प्रमुख मित्रमणी खनाल ले दुध तथा दुग्धजन्य बस्तुको शुद्धता कायम गर्नु सबैको दायित्व रहेको भन्दै गोठ देखि ओठ सम्म दुधमा शुद्धता कायम गर्न किसान, व्यवसायी, सहकारी, सबैमा आग्रह गरे । उनले दुधको गुणस्तर मापन तथा गुणस्तर कायम गर्नको लागि स्थानिय निकायबाट गर्नुपर्ने पहल आफुले निरन्तर गर्ने समेत बताए ।

यस्तै बुटवल उपमहानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भुवा प्रसाद लुईटेलले मानिस जन्मेपछि मृत्यु संकारसम्म आवश्यक पर्ने दुध र दुग्धजन्य बस्तुको शुद्धता कायम गर्नको लागि सबैसंग आग्रह गरे । उनले गुणस्तर दुधको उचित मुल्य तिर्नको लागि सबै तयार रहेको भन्दै यसमा किसान देखि व्यवसायी र वितरण प्रणालीमा सहभागी सबैको मुख्य भुमिका हुने बताए ।

यस्तै गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख शम्भु प्रसाद झाले गुणस्तर तथा नापतौल ऐन २०५५ बमोजिम यदी गुणस्तर कायम नगरिएको पाईएमा उचित कारवाही भोग्न समेत तयार हुनुपर्ने बताए । पछिल्लो समयमा लेवलिङ्ग, प्याकेजिङ्ग, पास्चराईजेसन नगरिएको बस्तु उपभोग, विक्री वितरण गर्न नपाईने नियम भएको भन्दै उनले खुल्ला दुध विक्री गरिरहेका व्यवसायीहरुले विस्तारै प्याकेजिङ्गमा जानुको विकल्प नभएको बताए ।

कार्यक्रममा दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक, लुम्बिनी विश्व विद्यालय तथा आधुनिक समाज डेन्डलका प्रमुख माधव सापकोटा, समितिका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल,डेरी एशोसीयसन केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्राई , समितिका सचिव पदम प्रसाद पौडेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद अर्याल (डीपी अर्याल))लाई

आर्थिक अनुशासन कायम गर्न बेरुजु हुनैनदिने गरी काम गरौंः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम

बुटवल देवीनगरमा महिलाको हत्या, श्रीमान पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको

सहकारीको ऋण तिर्दिन भन्नु अराजकता हो : देवेन्द्र पौडेल

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री