४ बैशाख २०८२, बिहिबार | April 17, 2025

बुटवल उपमहानगरले नगरबासीलाई अपनत्व दिन सकेन, नगरबासी निरास छन् : खेलराज पाण्डेय (भिडियो अन्तवार्ता)



बुटवल । बुटवल उपमहानगरका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बुटवल उपमहानगरका वर्तमान मेयर शिवराज सुबेदीले एकलौटी उपमहानगर चलाउन खोज्दा नगरबासीमा निरासा छाएको बताएका छन् । खबरकुरासंगको अन्तरवार्तामा कांग्रेस नेता पाण्डेयले अन्यदललाई मात्र नभएर वर्तमान मेयरले आफ्नै पार्टीका सहकर्मीहरुलाई पनि समेट्न नसकेको आरोप लगाए ।

उनले आफुले चुनाव जितेमा पूर्व मेयरहरुलाई स्थान दिएर सबैको सल्लाहमा उपमहानगर चलाउने बताए । मेलमिलाप आफ्नो मुल मन्त्र भएको उल्लेख गर्दै सबैलाई समेटेर मात्र बुटवलको विकास गर्न सकिने बताए । उनले उपमहानगरको कमजोरी कै कारण हजारौंको संख्याका अव्यवस्थित बसोबास गरिरहेका नागरिकले लालपुर्जा पाउन नसकेको बताए । तिनाउ दानव करिडोर आसपासका नागरिकले जग्गा गुमाएको लामो समय बैकल्पिक बास पाउन नसकेको भन्दै उनले मोतीपुरबासीलाइ पनि औद्योगिक करिडोरका नाममा उठिबास गराइएको बताए । ५ वर्षको अवभिमा नागरिकले राहत पुग्ने गरि कुनै काम नभएको पाण्डेयको आरोप छ ।

पाण्डेयले आफुले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै सुक्दै गएको बजारलाई माथि उठाउन योजनाबद्ध काम गर्ने बताए । एमालेकै कारण राजधानी बुटवलबाट गएको बताउँदै कांग्रेस बुटवलको नगर सभापति समेत रहेका पाण्डेयले अव बुटवललाई आर्थिक राजधानीकारुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अघिल्लो निर्वाचनमा पनि पराजय भोगेका खेलराजले अन्तवार्तामा भनेका छन् – ‘म चुनाव सएिको दिन शिवराज जीलाई अंकमाल गरेर बधाई दिएपछि एक दिन आराम गरें, त्यसपछि लगातार जनताकै सेवामा रहेको छु ।’

 

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ५८ बजे

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई