२३ पुस २०८१, मंगलबार | January 8, 2025

गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने



काठमाडौं । बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्ध पूर्णिमाको दिनबाट उडान भर्ने भएको छ ।

जजिरा एयरलाइन्सले कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजमार्फत उडान भर्ने भएको हो । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ ।
त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिएका छन् । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुने गरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने “धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिनु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि नयाँ निर्माण गरिएको उक्त विमानस्थल विधिवत्रुपमा सञ्चालन गरेको थियो । उक्त विमानस्थलमा अब ठूला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटक भित्रिन सक्ने भन्दै स्थानीयमा खुसियाली छाएको छ ।

उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ४८ बजे

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी)

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा

सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष