२५ पुस २०८१, बिहिबार | January 9, 2025

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।

माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ३० बजे

रवि लामिछाने तत्काल नछुट्ने, काठमाडौंसहित बयान लिइएका जिल्लाहरुमा लैजाने प्रहरीको तयारी

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’

काठमाडौँ । प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण

मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलको उपाधी आर्मीलाई

बुटवल । विभागिय टिम त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन

बुटवलको ३ स्थानमा राखिएको ट्राफिक लाइट आजदेखि संचालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरिएको

सुर्यदर्शन सहकारी ठगी, कोसँग कति मागियो धरौटी ?

पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका ७ आरोपीलाई