२६ पुस २०८१, शुक्रबार | January 10, 2025

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन



वीरगन्ज । स्थानीय निर्वाचनमा गठबन्धन गर्नु गलत भएको निष्कर्ष सहित चुनावी दौडमा निस्केको नेकपा एमालेले वीरगन्जमा भने लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने भएको छ । चुनावी सभाहरुमा एमाले एक्लैले गठबन्धनलाई हराउन सक्ने उदघोष गर्दै हिँडेका एमाले नेताहरुले वीरगन्ज महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्न थालेका हुन् ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले वीरगन्जमा लोसपासँग गठबन्धन हुने निश्चित भएको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी रहेको सिंहले बताए ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ५९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा विपन्न तथा गरिबको सहारा : सामाजिक स्वास्थ्य ईकाइ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिब

पोखराबाट छुटेका लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय

शीतलहरको कहर : बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ