६ आश्विन २०८१, आइतबार | September 22, 2024

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा



नेपालगन्ज । बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् ।

यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे ।

“पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ”, अध्यक्ष खड्काले भने । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन् ।

सङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले साम्रगी खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताए । सङ्घले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ । कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन् । -रासस

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : १२ बजे

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति

काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई

सहकारी ठगी कसुरमा पक्राउ छविलाल जोशीलाई प्रहरीले पोखरा पुर्‍यायो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न