२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाँकेमा आईसोलेसनको संख्या थप गरिँदै, क्वारेन्टाईनको स्तरोन्नती हुने



नेपालगन्ज । संक्रमितहरुको संख्या थपिंदै गएपछि बांकेमा २ सय शैयाको आइसोलेसन केन्द्र थप गरिने भएको छ । बाँकेमा लक्षण नदेखिएका कोबिड–१९ नोबल कोरोना भाईरसका संक्रमितको उपचारका लागि थप २ सय शैयाको आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको हो ।

पाँच नंम्बर प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा जिल्ला स्तरीय कोबिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सो निर्णय गरेको हो ।

बाँकेमा लक्षण नदेखिएका कोबिड संक्रमितको संख्या बृद्धि हुँदै गएपछि उनीहरुलाई राख्नको लागि प्रयोग गर्न सकिने स्थानको पहिचान गर्नको लागि भेरी अस्पताल, स्थानीय तह र स्थानीय प्रशासनको प्रतिनिधि समेत रहेको टोली गठन गरी सम्भावित स्थानको पहिचान गर्ने समेत समितीले निर्णय गरेको छ ।

ती आईसोलेशन सेन्टरका लागि आवश्यक पर्ने लजिस्टिक व्यवस्थापन संबन्धित स्थानीय तहको र उपचार व्यवस्थापनको लागि भेरी अस्पतालको हुने छ । यसैगरी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनलाई व्यवस्थित गरी झुल लगायतको अत्यावश्यक सामानको व्यवस्थापन गर्ने रहेको छ ।

सोही बैठकले कोबिड–१९ को संक्रमण देखिएको नेपालगञ्ज–८ जोलहनपुर्वामा सबैले कोरोना परिक्षण गराएको सुनिश्चित भएमा गरिएको शिल खुकुलो पार्दै लैजाने निर्णय भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १ : ०५ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको