२८ पुस २०८१, आइतबार | January 13, 2025

नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस



काठमाडौं । विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुनस् उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् ।

ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : २७ बजे

मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न

‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि प्रमाणपत्र

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

हेटौडा । मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभासम्पन्न भएको