२८ मंसिर २०८२, आइतबार | December 14, 2025

तरकारी तथा फलफूल ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश



काठमाडौ । सर्वोच्च अदालतले भारत लगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीजस्ता वस्तुहरुमा पाइने विषादी र कोभिड-१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्नु ।’ आदेशमा आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड-१९ को परीक्षण गरी वितरण गर्नाका साथै उत्पादन भएको उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन भनिएको छ ।

अधिवक्ता मणिराम उपाध्यायलगायतले कोरोना भाइरसको महामारीको समयमा पनि विदेशबाट निर्बाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड-१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ६ : ५८ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको