३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आइपिएल : कोलकत्तासँग मुम्बई स्तब्ध



काठमाडौं । मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

कोलकत्ताको जितमा पाट कुमिन्सले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहेर ५६ रन बनाए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक बराबरी हो । यसअघि लोकेश राहुलले २०१८ मा १४ बलमै पन्जाब किंग्सबाट दिल्लीविरुद्ध प्रहार गरेका थिए । त्यस्तै, भेन्काटेस आयरले ५० रनको योगदान गरे ।

मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । युवा ब्याटर तिलक बर्मा ३८ रनमा अविजित रहे ।

कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए । उमेश यादव र बरुण चक्रवर्तीले १-१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ७ : १६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day