३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आइपिएल : चेन्नईको लगातार तेस्रो हार



काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए ।

जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : २३ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day